भवानी राणाले ल्याइन् ‘शिव ताण्डव’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको स्वरमा रहेको ‘शिव ताण्डव’ भजन सार्वजनिक भएको छ।

व्यवसायी राणासँगै सरस्वती खत्रीको स्वर रहेको भजनमा सुरसुधा सुरेन्द्रको संगीत संयोजन रहेको छ। राणाले ‘शिव ताण्डव’लाई भगवान् शिवप्रति समर्पित सांगीतिक अर्पणका रूपमा प्रस्तुत गरेको बताइन्।

‘शिव ताण्डव केवल एउटा सांगीतिक प्रस्तुति होइन, भगवान् शिवप्रति समर्पित एउटा विनम्र प्रार्थना हो,’ उनले भनिन्, ‘नेपालले अहिले भोगिरहेको पीडाबीच यो सिर्जना आशा, शक्ति र शान्तिको सन्देश बनोस् भन्ने हाम्रो चाहना हो।’

‘शिव ताण्डव’को भिडिओ विकासाले निर्देशन गरेका हुन् भने समन्वय चक्रबहादुर चन्दले गरेका हुन्। सम्पादन शिलन लम्सालको रहेको छ।
भिडियोमा भवानी राणा र सरस्वती खत्रीले नै अभिनय गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।