मुक्तिनाथ विकास बैंकले ५.७८% मात्रै ब्याजमा घरकर्जा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले आधार दरमा ०.२५ प्रतिशत मात्रको विशेष ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सकिनेछ । बैंकको आधार दर ५.५३ प्रतिशत छ । बैंकका अनुसार कात्तिक महिनासम्म ग्राहकले ५.७८ प्रतिशतमै घरकर्जा पाउनेछन् ।

यस्तै घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म तथा पहिलो घर कर्जाको हकमा अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

चाडपर्वको उत्साहसँगै आफ्नै घरको सपना साकार गर्न चाहने ग्राहकहरूका लागि यो योजना सहज र आकर्षक वित्तीय अवसरका रूपमा ल्याइएको बैंकले जनाएको छ ।

विशेष घर कर्जा योजना २०८३ साल कार्तिक मसान्तसम्म लागू हुने बैंकले जनाएको छ । उक्त अवधिपश्चात बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्तहरू लागू हुनेछन् ।

यस योजनाले घर निर्माण वा खरिदको योजना बनाइरहेका ग्राहकलाई प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

बैंकले यो सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने छ । ग्राहकहरूले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनासम्बन्धी थप जानकारी तथा कर्जा प्रक्रियाबारे जानकारी लिन सक्ने बैंकको भनाइ छ ।

बैंकले अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनाहरूसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।