काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको हो ।
गत शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि आज ओरालो लागेको छ । शुक्रबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले घटेर ४ हजार ७ सय २५ रुपैयाँमा झरेको छ ।






Comment