दसैँको शुभकामना दिँदै गगनले भने : दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विजयादशमीका अवसरमा विपत्तिमा परेका परिवारको दुःखमा साथ दिन र आफ्नो खुसी बाँड्न सबैलाई आग्रह गरेका छन्।

विजयादशमीको शुभकामना सन्देश जारी गर्दै थापाले यस वर्षको दसैँ राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउनुपरेको उल्लेख गरेका छन्। उनले धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेकाले चाडपर्वको खुसी आफ्नो घरआँगनमा मात्रै सीमित गर्न नहुने बताएका छन्।

‘दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ,’ थापाले शुभकामना सन्देशमा भनेका छन्।

उनले विजयादशमीले सबैमा आफूभित्रका कमजोरीलाई जित्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र समाजलाई जोड्ने सद्भावको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै विजयादशमीको शुभकामना दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।