प्रदीप खड्का र सनिशा भट्टराईको ‘शुभ विवाह’ घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । निर्देशक सुदर्शन थापाको निर्देशनमा नयाँ फिल्म ‘शुभ विवाह’ निर्माण हुने भएको छ। प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको निर्माण पक्षले बिहीबार पत्रकार सम्मेलनमार्फत मुख्य कलाकार तथा प्राविधिक टोली सार्वजनिक गरेको हो।

रोमान्टिक कथावस्तुमा आधारित फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा देखिनेछन्। घोषणा कार्यक्रममा फिल्मका रिल जोडी प्रदीप र सनिशाले एक–अर्कालाई वरमाला लगाउनुका साथै औँठीसमेत साटेका थिए।

फिल्ममा प्रदीप र सनिशासहित हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यको अभिनय रहनेछ।

निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काले यसअघि फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। उक्त फिल्मलाई नेपाली चलचित्र क्षेत्रमा सफल फिल्मका रूपमा लिइन्छ। लामो समयपछि पुनः निर्देशक थापा र अभिनेता खड्का एकसाथ काम गर्न लागेका हुन्।

सुप्रिया कटुवालको निर्माण तथा साम भुजेलको कार्यकारी निर्माण रहने फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। फिल्मको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन्।

फिल्ममा बसन्त अधिकारी (प्रमुख), साजन कट्टेल र प्रार्थना पाठक सह–निर्देशकका रूपमा रहनेछन्। पोशाक सुशीला केसी (लगन बुटिक) र आकृति पन्त (सेन्ट्रल फेसन एकेडेमी) ले तयार पार्ने निर्माण पक्षले जनाएको छ।

फिल्मको छायांकन छिट्टै सुरु गर्ने तयारी भइरहेको छ। निर्माण पक्षका अनुसार ‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने योजना छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।