‘झिँगेदाउ-२’को टिजरमा केकी र आँचलको घरझगडा (भिडिओ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झिँगेदाउ–२’को टिजर सार्वजनिक गरिएको छ। १ मिनेट ५१ सेकेन्ड लामो टिजरमा पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको द्वन्द्व तथा परिवारभित्र उत्पन्न हुने उतारचढावलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ।

टिजरको सुरुवातमै हिउँवाला गौतमले मध्यरातमा घर छाडेर हिँडेको दृश्य देखाइएको छ। त्यसपछि परिवारका सदस्यहरू उनको खोजीमा जुटेको प्रसंग समेटिएको छ। निर्माण टिमले पहिलो श्रृंखलाको कथावस्तुको झल्को कायम राख्दै सिक्वेलमा केही नयाँ मोड र रहस्य थपिएको संकेत दिएको छ।

विशेषगरी अभिनेता आर्यन सिग्देलको फरक लुक्सले दर्शकमाझ कौतुहलता बढाएको छ। टिजरमा उनी साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन्, जसले कथामा नयाँ मोड आउने संकेत गरेको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रमा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल विष्ट दाजुभाइको भूमिकामा देखिएका छन्।

फिल्ममा सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापालगायत कलाकारको अभिनय रहेको छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। चलचित्रमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ।

पहिलो श्रृंखलाले दर्शकमाझ पाएको लोकप्रियतालाई निरन्तरता दिने अपेक्षासहित निर्माण गरिएको ‘झिँगेदाउ–२’ले पारिवारिक कथा र सम्बन्धका विविध पाटालाई नयाँ ढंगले प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।