काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको ६ वर्षे ‘विकास ऋणपत्र–२०८९’ बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ऋणपत्रको बोलकबोल सम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।
कार्यालयका अनुसार ‘विकास ऋणपत्र–२०८९’ को बोलकबोल मङ्सिर ९ गते हुनेछ भने मङ्सिर १० गते निष्कासन गरिनेछ ।
उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूका साथै अन्य इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले समेत भाग लिन पाउनेछन् ।
इच्छुक खरिदकर्ताले कार्यालयको अनलाइन प्रणालीको वेबसाइट https://doms.gov.np/csd/MainTree.do मार्फत बोलकबोल पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।




Comment