कति छ आज डलर सहितका विदेशी मुद्राको विनिमयदर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४८ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३५ पैसा तथा स्वीस र्फ्याङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ५५ पैसा, बिक्रीदर १०३ रुपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०५ पैसा, बिक्रीदर ११५ रुपैयाँ ५१ पैसा र चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैया ३६ पैसा, साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यस्तै, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ २८ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३४५ रुपैयाँ ८६ पैसा, ओमनी रियाल ३८५ रुपैयाँ ३४ र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक दर बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।