युट्युबबाट हटाइयो ‘मास्टर्नी’ को विवादित प्रमोसनल गीत, प्रियंका र दुर्गेशले मागे माफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विवादित बनेको ‘मास्टर्नी’ को प्रमोसनल गीत युट्युबबाट हटाइएको छ।

गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक पेसामा आबद्धहरूको गरिमामा आँच पुगेको भन्दै चौतर्फी आलोचना भएपछि गीत हटाइएको हो।

अभिनेत्री प्रियंका कार्कीले माफी माग्दै युट्युब र सामाजिक सञ्जाल प्लेटफर्महरूबाट गीतहरू हटाइएको जानकारी गराएकी छन्।

‘हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन्, ‘ मैले पहिलोपटक चलचित्र निर्माणको यात्रा थालनी गर्दा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्‍याउने कल्पनासम्म गरेकी थिइनँ र भविष्यमा पनि गर्नेछैन।’

प्रियंका र दुर्गेशको ‘मास्टर्नी’ गीतको किन भइरहेछ आलोचना?
उक्त गीत ‘दुर्गेश थापा’ युट्युब च्यानलबाट आधिकारिकरूपमा सधैँका लागि हटाएको पनि उनले जानकारी गराएकी छन्।

यस्तै दुर्गेश थापाले पनि विज्ञप्ति जारी गर्दै माफी मागेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।