काठमाडौँ। २०८३ साल असार १६ गते मंगलबार सन् २०२६ जुन २९ तारिख। असार कृष्ण पक्षको प्रतिपदा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:
मेष: आजको दिन तपाईंको लागि अत्यन्तै सकारात्मक रहनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। नयाँ कामको थालनी गर्न वा लगानी गर्नका लागि समय शुभ छ। नजिकका साथीभाइबाट पूर्ण सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मान(सम्मान बढ्नेछ।
वृष: खानपानमा सतर्कता अपनाउनुहोला। आर्थिक लेनदेन गर्दा वा नयाँ सम्झौता गर्दा हतार नगर्नुहोला, अन्यथा धोका हुन सक्छ। कार्यक्षेत्रमा केही चुनौतीहरू आउन सक्छन्, तर धैर्यता र बुद्धिमानीपूर्वक काम गर्दा परिस्थिति नियन्त्रणमा आउनेछ।
मिथुन: आजको दिन व्यवसायिक र व्यक्तिगत दुवै हिसाबले फलदायी रहनेछ। व्यापार(व्यवसायमा राम्रो आम्दानी हुने योग छ। साझेदारीमा गरिएका कामहरूबाट विशेष लाभ मिल्नेछ। दाम्पत्य जीवन र प्रेम सम्बन्धमा मधुरता छाउनेछ। यात्राको योजना बन्न सक्छ।
कर्कट: शत्रुहरू परास्त हुनेछन् र पुराना विवाद वा मुद्दाहरूमा तपाईंको पक्षमा निर्णय आउन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ र शरीरमा नयाँ ऊर्जा महसुस हुनेछ। कार्यक्षेत्रमा तपाईंको मिहिनेतको कदर हुनेछ र सहकर्मीहरूले तपाईंको प्रशंसा गर्नेछन्।
सिंह: आजको दिन अध्ययन(अध्यापन र बौद्धिक कार्यमा रुचि बढ्नेछ। सन्तानको तर्फबाट कुनै सुखद समाचार सुन्न पाउनुहुनेछ। प्रेम जीवनमा नयाँपन आउनेछ। कला, साहित्य वा सिर्जनात्मक क्षेत्रमा आवद्ध व्यक्तिहरूका लागि आजको दिन विशेष उपलब्धिमूलक रहनेछ।
कन्या: आज पारिवारिक विषयलाई लिएर असमझदारी बढ्न सक्छ। घरजग्गा वा सवारी साधनको खरिद(बिक्री गर्दा कागजपत्र राम्रोसँग जाँच गर्नुहोला। कार्यक्षेत्रमा कामको चाप बढी हुनाले थकान महसुस हुन सक्छ। विवादबाट टाढै रहनुहोला।
तुला: आज तपाईंको पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ। सानातिना यात्राहरूबाट राम्रो लाभ मिल्नेछ। सञ्चार वा लेखन कार्यमा लागेका व्यक्तिहरूले राम्रो सफलता पाउनेछन्। नयाँ कार्ययोजना बनाउनका लागि आजको दिन निकै उपयुक्त छ।
वृश्चिक: आकस्मिक धन लाभको योग बनेको छ। बोलीको प्रभाव बढ्ने भएकाले सामाजिक र व्यवसायिक क्षेत्रमा तपाईंको कुराको कदर हुनेछ। परिवारमा कुनै मांगलिक कार्य वा उत्सवको माहोल बन्न सक्छ। उत्तम भोजन र सुखको आनन्द मिल्नेछ।
धनु: आज मानसिक रूपमा शान्ति र प्रसन्नता मिल्नेछ। नयाँ वस्त्र, आभूषण वा विलासिताका सामान खरिद गर्ने योजना बन्न सक्छ। तपाईंको व्यक्तित्वको प्रभाव बढ्नेछ र मानिसहरू तपाईंको निर्णयको सम्मान गर्नेछन्। सामाजिक कार्यमा रुचि बढ्नेछ।
मकर: विलासिता वा स्वास्थ्य सम्बन्धी कुरामा धन खर्च हुने योग छ। अनावश्यक यात्रा र विवादबाट जोगिनुहोला। कार्यक्षेत्रमा केही व्यवधान आउन सक्ने भएकाले योजनाबद्ध रूपमा काम अगाडि बढाउनुहोला। वैदेशिक व्यापार वा विदेशसँग सम्बन्धित काममा भने सफलता मिल्न सक्छ।
कुम्भ: आजको दिन तपाईंको लागि आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्। पुराना लगानी र रोकिएको धन फिर्ता आउने सम्भावना छ। उद्योग, व्यापार वा जागिरमा पदोन्नति र आर्थिक लाभको योग छ। मित्रवर्ग र ठूला बडाको सहयोगले जटिल कामहरू पनि सजिलै सम्पन्न हुनेछन्।
मीन: कार्यक्षेत्र र करियरको दृष्टिकोणले आजको दिन उत्कृष्ट रहनेछ। व्यापारमा नयाँ उचाइ हासिल हुनेछ र सरकारी वा प्रशासनिक क्षेत्रबाट विशेष सहयोग मिल्नेछ। समाजमा तपाईंको साख र प्रतिष्ठा बढ्नेछ। मातापिताको आशीर्वादले ठूला योजनाहरू सफल हुनेछन्।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।





Comment