भूकम्पपछि भेनेजुएलामा आपतकाल घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भेनेजुएलामा आपतकालको घोषणा गरिएको छ । भूकम्पमा हजारौँ मानिसको मृत्यु भएको आशंका गर्दै आपतकाल घोषणा गरिएको हो ।

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकालको घोषणा गरेकी छन् ।

सम्बोधनको क्रममा उनीसँगै गृहमन्त्री र राष्ट्रियसभाका प्रमुख र उनका भाइ जर्ज रोड्रिगेज पनि थिए । राष्ट्रपतिले राहत र उद्धार कार्यको निरीक्षण गर्न एक जनरललाई तोकेको समाचारमा उल्लेख छ ।


अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार मृत्यु हुनेको संख्या १० हजार नाघ्ने सम्भावना ४४ प्रतिशत रहेको छ ।

भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पले ठूलो मात्रामा जनधनको क्षति पुगेको बीबीसीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।