आजको राशिफल
काठमाडौं । २२०८३ वैशाख १४ गते (२७ अप्रिल २०२६) साेमवार, वैशाख शुक्लपक्ष एकादशी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।
मेषः
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सन्तान एवं पारिवारिक सुख मिल्नेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । जागिर तथा नोकरीमा पद प्राप्तिको योग रहेको छ ।
वृषः
मिहिनतको प्रतिफल न्यून रहनेछ । घरेलु कार्य संयमित भएर गर्नु होला । काम बिग्रने तथा मान सम्मानमा दाग लाग्न सक्ने समय छ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला । संकटमा परिवारजनको भने साथ र सहयोग प्राप्त हुनेछ ।
मिथुनः
धनवस्त्रादिको लाभ हुनेछ । नयाँ ज्ञान सिक्ने समय रहेको छ । सुखदुःखमा साथ दिनेहरु प्रशस्तै भेटिनेछ । विभिन्न अवसर प्राप्त हुनाले जोस जाँगर बढनेछ । शैक्षिक, राजनैतिक एवं व्यापारिक क्षेत्रमा गरेको मिहिनेतबाट भने फाइदा हुनेछ ।
कर्कटः
आज बस्त्र आभुषण तथा उपहारको प्राप्तीको योग छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुनेछन् । मिठो खानाको अवसर जुट्नेछ । कुटुम्ब तथा परिवारजनले तपाईंको प्रशंसा बढी नै गर्नेछन् ।
सिंहः
आज समय शुभ रहनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । शुभ कार्यको चर्चा चल्नेछ । प्रतिस्पर्धामा तपाई नै अग्र पंक्तिमा आउनुहुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कन्याः
आज अनावश्यक जोखिम नउठाउनु उचित होला । विपक्षीसँग धेरै तर्क नगर्नु राम्रो पक्ष हुनेछ । कृषिकर्म र व्यापार व्यवसायबाट आम्दानी पनि कम हुनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउन सक्नेछ ।
तुलाः
शैक्षिक एवं आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । विलासी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । अतिथि सत्कारमा रमाईनेछ । टाढिएका सहयोगीहरूको पनि साथ मिल्ने समय छ ।
बृश्चिकः
मनोरञ्जनपूर्ण दिन रहनेछ । आप्mनै दक्षतामा कार्यहरु सफल हुनेछन् । पैशा माग्नेदेखि भने सजक रहनुहोला । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुनेछ । शैक्षिक एवं आर्थिक क्षेत्र पनि सबल देखिन्छ ।
धनुः
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । धार्मिक, सामाजिक तथा माङ्गलिक कार्र्यमा सहभागी भईनेछ । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने समय आएको छ ।
मकरः
आज मनमा उत्साह र उमङ्गको कमी हुनेछ । सरकारी काममा विलम्ब हुने होकि भन्ने देखिन्छ । अनायसै स्वास्थ्यमा धन खर्च हुनेछ । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराको प्रचारबाजी गर्दै हिंड्नसक्ने छन् ।
कुम्भः
इच्छा र आकांंक्षा पूर्ण हुने भएको छ । लाभदायक यात्राको संभावना देखिन्छ । नियमित आय आर्जन हुने काममा लगानी गरेर मनग्य आम्दानि गर्न सकिनेछ । रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्नेछ ।
मीनः
श्रमको उचित मुल्यांंकन हुनेछ् । प्रतिस्पर्धामा तपाई अग्र पंक्तिमा आउनुहुनेछ । पेशा व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ । व्यवसायिक कामकारोवारमा वृद्धि हुनेछ । वैदेशिक क्षेत्रमा लाभदायक रहनेछ ।

Comment