सुनचाँदीको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटे २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो। बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।