३ हजार ३ सय रुपैयाँले घट्यो सुनको भाउ, मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा बिहीबार १.२६ प्रतिशतले घटेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँमा सुन कारोबार भएकोमा बिहीबार ३ हजार ३ सय रुपैयाँले घटेको हो ।

यस्तै बिहीबार चाँदीको मूल्य १.३३ प्रतिशतले घटेर प्रतितोला ३ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य ३ हजार ३ सय ८० रुपैयाँ रहेकोमा बिहीबार ४५ रुपैयाँले घटेको हो ।

पछिल्ला दिनहरूमा अन्तराष्ट्रिय बजारमा निरन्तर मूल्य घट्दा त्यसको प्रभाव नेपालको सुनचाँदी बजारमा पनि परिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।