काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । आइतबार सुन प्रतितोला २ हजार ८०० रुपैयाँ र चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बजारमा चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।
कात्तिक २३ गतेयता सुन र चाँदीको मूल्यमा लगातार गिरावट आइरहेको देखिन्छ । कात्तिक १९ गते सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ र चाँदी ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो । उक्त विन्दुसँग तुलना गर्दा आइतबार सुन प्रतितोला ४६ हजार ३०० रुपैयाँ र चाँदी ८५५ रुपैयाँले सस्तिएको छ।
कात्तिक २३ गते सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ र चाँदी ३ हजार ८५५ रुपैयाँमा कारोबार भएकोमा त्यसयताका हरेक कारोबार दिनमा मूल्य ओरालो लाग्दै आएको छ । कात्तिक २३ यता मात्रै सुन तोलामा ४१ हजार ७०० रुपैयाँ र चाँदी ७९० रुपैयाँले घटिसकेको छ।
मंसिर महिना सुरु भएयता मात्रै सुनको मूल्य प्रतितोला २४ हजार ६०० रुपैयाँ र चाँदी ४२५ रुपैयाँले घटेको छ ।
मंसिर १ गते सुन २ लाख ६७ हजार २०० रुपैयाँ र चाँदी ३ हजार ४९० रुपैयाँ रहेको थियो। त्यसयता मंसिर २ गते सुन २ लाख ६० हजार ९०० र चाँदी ३ हजार ३८० रुपैयाँ, मंसिर ३ गते सुन २ लाख ५७ हजार ६०० र चाँदी ३ हजार ३३५ रुपैयाँ तथा मंसिर ४ गते सुन २ लाख ४५ हजार ४०० र चाँदी ३ हजार ११० रुपैयाँमा झरेको थियो। आइतबार (मंसिर ६) सम्म आइपुग्दा मूल्य थप ओरालो लागेको हो ।




Comment