हेटौंडामा ‘२१औँ विश्वशान्ति महामैत्री बोधि मार्ग दर्शन’ कार्यक्रम आयोजना हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक (हुप्रा) चौरमा ‘२१औँ विश्वशान्ति महामैत्री बोधि मार्ग दर्शन तथा मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम–२०८२’ आयोजना हुने भएको छ ।

‘लिटल बुद्ध’ भनेर चिनिएका रामबहादुर बम्जनका अनुयायीहरुको अगुवाइमा उक्त कार्यक्रम हुन लागेको हो । बोधी श्रवण धर्म संघ–नेपालको आयोजनामा उक्त कार्यक्रम चैत २६ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको पूर्वसन्ध्यामा जारी प्रेस विज्ञप्तिमा विश्वशान्ति, मैत्रीभाव र मानवताको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।

आयोजकले सम्पूर्ण मानव समुदाय, धर्मप्रेमी, संघ–संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आह्वान गरेको छ ।

विज्ञप्तिमा आधुनिक विश्व तीव्र भौतिक प्रगतितर्फ अघि बढिरहेपनि मानव समाजभित्र असहिष्णुता, हिंसा र विभाजन बढ्दै गएको उल्लेख गरिएको छ ।

यस्तो अवस्थामा शान्ति, सत्य र शुद्धतालाई व्यवहारमा उतार्न आवश्यक रहेको जनाउँदै लोभ, मोह, डाह, ईष्र्या र घमण्ड त्याग्दै मैत्रीभावको विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

मैत्रीनाथज्यूको सन्देश उद्धृत गर्दै धर्म, भाषा, जात र देशका आधारमा हुने विभेद अन्त्य गरी मानवतालाई प्राथमिकता दिनसके विश्व स्वतः शान्तितर्फ अग्रसर हुने विश्वास व्यक्त गरिएको छ । साथै, व्यक्तिगत शान्ति नै विश्वशान्तिको आधार हुने भएकाले ‘म’ भन्दा ‘हामी’ को भावना विकास गर्नुपर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममार्फत विश्व समुदायलाई द्वन्द्वको सट्टा संवाद, घृणाको सट्टा प्रेम र विभाजनको सट्टा एकता रोज्न अपिल गरिएको छ । सकारात्मक सोच, निस्वार्थ सेवा र मैत्रीभावद्वारा समाजमा शान्ति स्थापना गर्न सकिने आयोजकको भनाइ छ ।
कार्यक्रमको समापनमा सत्य, शुद्धता, इमान्दारिता, संयमता, धैर्यता र शान्तिलाई मुख्य उद्देश्यका रूपमा अघि बढाइने तथा मैत्रीभावलाई शक्तिको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, मानवतालाई साझा पहिचानका रूपमा ग्रहण गर्दै विश्वमा शान्ति, सहअस्तित्व र सहकार्य कायम रहोस् भन्ने कामना गरिएको छ ।

यसैबीच, आयोजकले ‘मैत्री ११ शील’ पनि सार्वजनिक गर्दै भेदभाव त्याग, सत्यको अनुसरण, अहिंसा, सबै धर्मप्रति सम्मान र मानव कल्याणमुखी कर्ममा जोड दिएको छ ।

बोधि मार्ग दर्शनमैत्री धर्ममा अपनाउनु पर्ने मैत्री ११ शील
१. नाम, रूप, जाति, धर्म, वर्ण, वर्ग, लिङ्ग, आस्था, समुदाय, राष्ट्र, शक्ति, पद, योग्यता आदिको आधारमा भेदभाव कहिल्यै नगर्नु तथा भौतिक, आध्यात्मिक भन्ने मतभेदहरू त्याग्नु ।
२. शाश्वत धर्म, मार्ग र गुरुको पहिचान गरी सर्व धर्म र आस्थाको सम्मान गर्नु ।
३. असत्य, आरोप, प्रत्यारोप, अवमूल्यन तथा अस्तित्वहीन वचन गरेर भ्रम पैmलाउन त्याग्नु ।
४. भेदभाव तथा मतभेदको सिमाङ्कन गर्ने दर्शन वा बाटोलाई त्यागी सत्य मार्ग अपनाउनु ।
५. जीवन रहुन्जेल सत्य गुरुमार्गको अनुसरण गरी पाप कर्महरू त्यागी गुरु तत्वको समागममा सदा लीन रहनु ।
६. आपूmले प्राप्ति नगरेको तत्वलाई शब्दजालको व्याख्याले सिद्ध गर्न नखोज्नु तथा भ्रममा रहेर अरुलाई भ्रमित नपार्नु ।
७. प्राणी हत्या, हिंसा जस्ता दानवीय आचरण त्यागी सम्यक आहार गर्नु ।
८. राष्ट्रिय पहिचानको आधारमा मानिस वा राष्ट्रप्रति संकीर्ण सोच नराख्नु ।
९. सत्य गुरु मार्गको अनुशरण गर्दै आफू लगायत विश्वलाई लाभान्वित गर्ने कर्म गर्नु ।
१०. सत्यलाई उपलब्ध भई गुरु मार्ग रूप लिई समस्त जगत प्राणीको निमित्त सत्य गुरु तत्व प्राप्त गर्नु ।
११. चित्तको उच्चतम र गहनतम अवस्थामा रहेर अनेकौं शीलहरूको आत्मबोध गरी सम्पूर्ण बन्धनबाट मुक्त हुनु ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।