आजको राशिफल
काठमाडौं । २०८२ चैत १२ गते (२६ मार्च २०२६) बिहीवार, चैत्र शुक्लपक्ष अष्टमी तिथि, १४ः४० बजेपछि नवमी। आर्द्रा नक्षत्र। चन्द्रराशि मिथुन।
मेष :
कला र गलाको प्रभाव बढ्नेछ । व्यापार व्यवसायमा श्रीः वृद्धि हुने देखिन्छ । कार्यक्षेत्रबाट राम्रो प्रतिफल प्राप्त हुने तथा देश परदेशबाट शुभ समाचार सुन्न पाइने समय छ । कुनैकुनै काम साथीसँगी र दाजुभाइको इच्छानुसार गर्नुपर्ने हुनेछ ।
वृषः
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ सम्बन्ध जोडिन सक्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन छ । शेयरमा रुचि छ भने आज अनुभवीको राय लिएर लगानी गर्न सक्नु हुनेछ ।
मिथुनः
प्रयास गर्दा उपलब्धि पाउने दिन हो । उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्र्थीका लागि राम्रो समय छ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने समय छ । सहयोगीहरूले साथ दिनेछन् । काममा सोचेजस्तै सफलता मिल्नेछ ।
कर्कटः
सामान हराउने वा चोरी हुने भय छ । अनाबश्यक आरोप लाग्न सक्नेछ । बैदेशिक काममा मन जानेछ । भौतिक साधन स्रोत जम्मा गर्ने वेला छ । खर्चमात्र ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्ने योग छ ।
सिंहः
मानसिक शान्तिको आभास हुनेछ । पार्टनरले तपाईंको भावना बुझ्नेछन् । कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।
कन्याः
कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ । यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । नयाँ व्यवसाय वा योजना सुरु गर्न अनुकूल समय रहेको छ ।
तुलाः
प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नेछ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ ।
बृश्चिकः
सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहन सक्नेछ । सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ । सामाजिक गतिविधिमा सक्रिय हुँदा काममा बाधा पुग्नसक्नेछ ।
धनुः
हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन छ । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ ।
मकरः
मनको कुरो खुलस्त पार्ने दिन छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । आफ्ना विरोधी र शत्रुहरूप्रति अनुदार र उद्दण्ड बन्ने दिन छ । आवेशमा आएर गैरकानूनी र असामाजिक काममा संलग्न नहुनु होला ।
कुम्भः
शैक्षिक एवं आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्न सक्नेछ । सम्झौता वा करार गर्न अनुकूल समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ ।
मीनः
परिस्थितिवश अरूका लागि समय खर्चनुपर्ला । सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ । निराशा र कुण्ठा बढ्ने समय पनि देखिन्छ । व्यवहार अलि बिग्रन सक्नेछ । नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहो¥याएर प्रयत्न गर्नुपर्नेछ ।

Comment