काठमाडौं । स्थानीय बजारमा आइतबार (आज) सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसरी सुन आज तोलामा २ हजार ३ सय रुपैयाँ बढेर कारोबार भइरहेको हो।
यसअघि सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य भने घटेको छ। आज तोलामा १५ रुपैयाँ घटेर चाँदी चार हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

Comment