आज मिति २०८२ साल माघ २५ गते आइतवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ माघ २५ गते (८ फेब्रुअरी २०२६) आइतवार, फाल्गुण कृष्णपक्ष सप्तमी तिथि। स्वाती नक्षत्र। चन्द्रराशि तुला।कर्कट।

मेषः
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । धन सम्पत्तीको लाभ हुने योग छ । व्यापार व्यावसायमा पनि सफल भइनेछ । रमाइलो यात्राको सम्भावना देखिन्छ ।

वृषः

चिताएको कामले तिव्रता लिनेछ । पठनपाठनमा रुचि बढ्नेछ । आकस्मिक धन लाभको सम्भावना रहेको छ । उद्योग व्यवसाय गर्न जोशजाँगर र हिम्मत बढ्नेछ । आफन्त र मित्रवर्गको सहयोग पाइने छ ।

मिथुनः

विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक लाभको सम्भावना रहेको छ । व्यवसायिक कामकारोवारमा वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् ।

कर्कटः

स्वास्थ्यको लागि खानपिनमा ख्याल गर्नु पर्नेछ । चोटपटकको सम्भावना रहेको छ । स्थायी सम्पत्तिमा विवाद हुने सम्भावना रहेको छ । पारिवारिक झमेलामा परिने समय रहेको छ ।

सिंहः

धन वस्त्रादिको लाभ हुनेछ । व्यापार व्यावसायमा सन्तुष्टी मिल्नेछ । जोशजाँगार र हिम्मत बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा सफल भईनेछ । सामूहिक कार्यमा भने सबैको सल्लाह लिएर कार्य गर्नुभएमा राम्रो पक्ष हुन आउनेछ ।

कन्याः

कुटुम्वजनबाट सुख सहयोग प्राप्त हुने योग छ । धनसम्पत्तीको लाभ हुनेछ । रमाइलोसंग दिन जानेछ । मिष्ठान्न भोजनको अवसर जुट्नेछ । घरपरिवारमा जग्गाजमिनका मुद्दामामलाहरू सुल्झिनेछन् ।

तुलाः

आकस्मिक धनलाभ हुनेछ । उपहार प्राप्तीको योग रहेको छ । राजनितीक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।

बृश्चिकः

लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्नेछ । आफ्नो मेहनतबाट अरुले फाइदा लिने चेष्टा गर्नेछन्–सजग रहनुहोला । पारिवारिक आवश्यक पूर्तिमा धन खर्च हुनेछ । सवारी साधन चलाउँदा विशेष ध्यान राख्नुहोला ।

धनुः

धन वस्त्र अलंकारको लाभ हुने योग रहेको छ । कार्यक्षेत्रमा आफ्नो अनुभवले आँटेको कार्य सम्पादन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाउनेछ । पठनपाठनमा रुचि बढेर जानेछ । राजकीय मामलाहरू सुल्झिनेछन् ।

मकरः

आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनसक्नेछ । मानसम्मानमा वृद्धि हुनेछ । अभिष्ट कार्य सफल हुने योग छ । अतिथि सत्कारमा जुटिनेछ । अनुहारमा कान्ती, मनमा शान्ती छाउनेछ ।

कुम्भः

ठूला व्यक्तिको साथ सहयोग मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । लगनशिलताले कामहरु अगाडि बढ्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

मीनः

अरुका लागि बुद्धि र समय खर्चनुपर्ने समय रहेको छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्ने होकी भन्ने योग छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।