आजको राशिफल
काठमाडौं । २०८२ माघ २२ गते (५ फेब्रुअरी २०२६) बिहीवार, फाल्गुण कृष्णपक्ष चतुर्थी तिथि। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि कन्या।
मेषः
कुनै विशेष कार्यका लागि तपाईको खोजी हुनेछ । काम र क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । ईष्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ ।
वृषः
सकारात्मक सोचका कारण धेरै कुरा सहज र रमाइलो लाग्नेछ । प्रेमप्रसङ्गको निमन्त्रणा आउन सक्नेछ । रोकिएको काम सम्पादन हुनेछ र नयाँ काम गर्ने अवसर समेत जुट्नेछ । शैक्षिक एवं राजनैतिक क्षेत्रमा राम्रो पक्ष हुन आउने छ ।
मिथुनः
कुनै कुराले तपाईलाई अल्मल्याउन सक्नेछ । रिस उठेपनि व्यक्त हुन नदिनु होला । नयाँ काम सुरु गर्न उपयुक्त समय होइन । पारिवारिक सम्बन्धमा सन्तुलन आवश्यक छ । पार्टनरी काम तथा हिस्सेदारसँग असमझदारी बढ्ने सम्भावना छ ।
कर्कटः
व्यक्तिगत तथा सामाजिक कार्यमा मन उत्साही बन्नेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्नेछ । इच्छानुसारको भोजनको अवसर जुट्नेछ ।
सिंहः
मन उत्साही र खुशी हुँदै काम अघि सर्नेछ । कुनै राम्रो कामका लागि खर्च हुने समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । आफन्तजनहरु सँग रमाइलो भेटघाट हुने समय छ ।
कन्याः
दैनिकी राम्रैसँग बित्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला । मीठो र स्वादिलो पकवान खाने मौका जुर्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
तुलाः
बोल्दा वा ठट्टा गर्दा राम्ररी सोच्नु होला । अनपेक्षित रुपमा अपजस आइलाग्न सक्नेछ । अनावश्यक खर्च हुने एवं स्वास्थ्यमा समस्या हुनका साथै मन विचलित रहन सक्नेछ । पारिवारिक सन्तुलनमा ध्यान दिनु राम्रो पक्ष हुनेछ ।
बृश्चिकः
आर्थिक क्रियाकलापमा सफलता मिल्नेछ । नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । आफन्त तथा साथीहरुसँग रमाइलो भेटघाटका विच स्वादिष्ट भोजनको अवसर जुट्न सक्नेछ ।
धनुः
रुचि अनुसारको काम गर्न पाउँदा मन खुशी रहनेछ । सोचेअनुसार काममा सफल भईनेछ । प्रतिष्ठित कार्यबाट प्रशंसा बटुल्ने समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ ।
मकरः
काममा दौडादौड र व्यस्तता बढ्नेछ । लक्ष्यतर्फ आफूलाई अग्रसर गराउने सफल प्रयास हुनेछ । सवारी साधन तथा यात्रामा लाभदायी नै हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।
कुम्भः
कुनैपनि कुरालाई हल्का नलिँदा राम्रो हुनेछ । प्राथमिकता अनुसार काम गर्दा सहज हुनेछ । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनु राम्रो पक्ष हुनेछ ।
मीनः
दाम्पत्य जीवन सुखमय रहनेछ । आफ्नो योग्यता प्रस्तुत गर्ने राम्रो मौका मिल्नेछ । खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । शैक्षिक एवं व्यापारिक क्षेत्रमा नसोचेको सफलता प्राप्त हुनाले मन फुरुङ्ङ रहने छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Comment