सुनचाँदीको भाउमा नयाँ रेकर्ड 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली बजारमा निरन्तर उकालो लागेको सुनचाँदीको मूल्य आज पनि वृद्धि भएको छ । पछिल्लो समय दैनिक रेकर्ड कायम गरेको सुनचाँदीको मूल्यले रेकर्ड तोड्ने क्रमलाई आज पनि जारी राखेको छ ।

आज सुन तोलामा २० हजार ५०० रुपैयाँले बढ्दा चाँदी २०५ रुपैयाँले बढेर नयाँ रकेर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन बुधबार ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भई उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउमा आज पुनः नयाँ रेकर्ड बनेको हो ।

यस्तै, बिहीबार चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार ५५६.४६ अमेरिकी डलर र चाँदी ११८.३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।