आज मिति २०८२ साल माघ ६ गते मंगलवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ माघ ६ गते (२० जनवरी २०२६) मंगलवार, माघ शुक्लपक्ष द्वितीया तिथि। श्रवण नक्षत्र, १४ः०९ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर।

मेषः

लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ । मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ । आफुले थालेका तथा आँटेका कार्यहरुमा सफलता प्राप्त हुनेछ ।

वृषः

आशा देखाउने र सहयोगिबाट धोका रहला । जग्गा जमिन क्षेत्रमा सामान्य लाभ हुनेछ । आर्थिक लाभ नहुने काममा जिम्मेवारी रहनेछ । मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ ।

मिथुनः

मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय छ । अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

कर्कटः

पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्नेछ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुनेछ । शारीरिक सुख प्राप्तीले मन आनन्दित बनाउने छ ।

सिंहः

कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ । कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पद्र्धीसँग अन्तरक्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । प्रायःजसो सबै काम आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् ।

कन्याः

आनन्द र मनोरञ्जनको वातावरणमा अचानक निराश हुनुपर्ने र तनाव झेल्ने परिस्थिति आइपर्ने दिन छ । अल्छीलाग्दो समय छ । सामान्य गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्ने परिस्थिति बन्नेछ । आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ ।

तुलाः

विश्वासको सङ्कट देखापर्न सक्नेछ । ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । बुद्धि र कौशलको प्रयोग गर्दा धनार्जनको राम्रो अवसर मिल्नेछ ।

बृश्चिकः

भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने उसको निकटतालाई नगुमाउनु राम्रो हुनेछ । दार्शनिक र धार्मिक प्रकृतिका काममा आकर्षण बढ्ने तथा खटिने दिन रहेको छ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ ।

धनुः

उधारो दिन वा ऋणसापटीमा रकम लगानी गर्नबाट जोगिनुपर्ने समय छ । तर पनि सँगीसाथीसँग समन्वय गरी अघि बढेमा लाभ पाउन सक्नुहुनेछ । कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस्, सफलता पाउनुहुनेछ ।

मकरः

बडो आनन्द र उमङ्गका साथमा समय बित्नेछ । जीवनसाथीको पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ । आम्दानीका मार्गहरू पनि बढ्ने सङ्केत देखिन्छ । दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ ।

कुम्भः

परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ । लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । असहजता बीचमा कामको चाप बढ्ने दिन छ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ ।

मीनः

धन, वैभव र मानसम्मान बटुलेर सुखसुविधा जुटाउन सक्ने समय छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचोपर्न सक्नेछ । जिवनसाथी तथा प्रेमि–प्रेमिकाको सहयोगले मन प्रसन्न रहने छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।