आज मिति २०८२ साल माघ ५ गते साेमवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ माघ ५ गते (१९ जनवरी २०२६) साेमवार, माघ शुक्लपक्ष प्रतिपदा तिथि। उत्तराषाढा नक्षत्र, १२ः२७ बजेपछि श्रवण। चन्द्रराशि मकर।

मेषः

आँटको र ताकेको कार्य पूरा होला । कुनै न कुनै कुराले मनमा प्रसन्नता मिल्नेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सानो प्रयत्नले लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ ।

वृषः

काममा खासै रुचि नलाग्न सक्नेछ । कर्तव्य सोचेर काम गर्दा सहज हुनेछ । चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । तत्काल कम उपलब्धि भए पनि अवसर खोज्ने समय छ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ ।

मिथुनः

नयाँ लगानीका निमित्त उपयोगी दिन छैन । त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला । नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्न सक्नेछ । विद्यामा बाधा होला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् ।

कर्कटः

उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ । नोकरी तथा राजनीति गर्नेहरूलाई पद–प्रतिष्ठा प्राप्त हुने समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । समस्याहरु पन्छाएर अधिकार स्थापित गर्न सकिने समय छ ।

सिंहः

अतिरिक्त क्रियाकलाप वा प्रतिभा प्रदर्शन गर्न अनुकूल समय छ । तर कलह र विवादको योग बनेको छ । त्यसैले कम बोल्नु ठीक हुनेछ । चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कन्याः

पठनपाठनमा ध्यान केन्द्रित नहुन सक्नेछ । परिस्थिति र वातावरण विपक्षमा रहनाले बौद्धिक क्षमता हुँदाहुँदै पनि चाहेको उपलब्धि प्राप्त गर्न नसकिएला । प्रेम सम्बन्धमा पनि चिसोपन आउन सक्नेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ ।

तुलाः

बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ । त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्नेछ । चोटपटकको भय छ, सचेत रहनुहोला ।

बृश्चिकः

ब्यापार ब्यबसायमा प्रशस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । वैदेशिक यात्रा हुन सक्नेछ । बुद्धिको उपयोगले कठिन कार्य सहजै बन्दै जानेछन् । मिहिनेत अनुसार नै सोचेको काम बन्नेछ । ईष्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ ।

धनुः

स्थान परिवर्तनको योग रहेको छ । व्यवसायमा समस्या उत्पन्न होला । नियमित व्यायामको खाचो पर्न सक्नेछ । राजनीतिमा उचित स्थान मिल्नेछ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्नेछ ।

मकरः

पहिलाको कार्यबाट सफलता मिल्नेछ । रमाईलो जमघटमा स्वादिष्ट भोजनको योग छ । पहिलेका कमिकमजोरीलाई सुधार गर्ने समय छ । मन प्रशन्न रहनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्नेछ ।

कुम्भः

यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । खर्च लागेपनि घुमफिर तथा मनोरञ्जनको समय छ । सामाजिक प्रभावले आफ्नो मान्यताबाट पछि हट्नुपर्ने स्थिति आउन सक्नेछ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला ।

मीनः

परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वढ्नेछ । फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।