आज मिति २०८२ साल पुस २१ गते साेमवार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ पुस २१ गते (५ जनवरी २०२६) साेमवार, माघ कृष्णपक्ष द्वितीया तिथि, १२ः४६ बजेपछि तृतीया। तिष्य नक्षत्र, १६ः४० बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट ।

मेषः

आज आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो । आफन्तका निमित्त पनि समय दिनु अझ राम्रो पक्ष हुनेछ । साझेदारी काममा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ । कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने दिन रहेको छ ।

वृषः

आज सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुनसक्नेछ । प्रशासनिक वा सरकार सम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । हिम्मत गर्दा दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । तपाईं अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षण समेत बढ्न सक्नेछ ।

मिथुनः

अभिव्यक्ति, कला र मनोरञ्जन सम्बद्ध विषयमा रुचि जाग्ने समय छ । ठूलाबडाको सरसहयोग र सहानुभूति मिल्नेछ । परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । आज खर्च लागेपनि चिताएको काम बन्नेछ । व्यापार व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्नेछ ।

कर्कटः

नयाँ परियोजनामा काम थाल्न अनुकूल समय छ । अड्डा÷अदालत वा सरकारी काम पूरा गर्न राम्रो समय छ । सामूहिक क्रियाकलाप वा क्लवमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । तारिफयोग्य काम गर्दै नाम, दाम र इनाम हातपार्ने मौका छ ।

सिंहः

आज मन एक तमासको बन्नेछ । लड्ने, चिप्लने सम्भावना पनि छ । बोल्दा पनि ख्याल राख्नु होला । नत्र सिनियर सित झगडा पर्नसक्ने दिन छ । तत्काललाई केही समस्या देखिए पनि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

कन्याः

सामाजिक प्रतिष्ठा बढ्नेछ । कामको प्रशंसा हुनेछ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्न सक्नेछन् । जिम्मेबारीको भावना र कर्तव्य पालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । दाम्पत्य जीवन एवं प्रेमप्रसङ्ग सुमधुर रहनेछ ।

तुलाः

आज तारिफयोग्य कामले चर्चामा ल्याउन सक्नेछ । नयाँ दायित्व र जिम्मेबारी थपिने समय छ । कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइनेछ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ ।

बृश्चिकः

आज सफलताको लागि समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत सम्पादन हुने समय छ ।

धनुः

जोखिम र सङ्कटले भरिपूर्ण समय छ । यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्न सक्नेछ । गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन छ । आफन्त रिसाउने तथा काम बिग्रने डरले सताउनेछ । दीर्घकालीन योजनामा निर्णय लिन हतार नगर्नु राम्रो पक्ष हुनेछ ।

मकरः

भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय छ । नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस् फाइदा हुनेछ । जागिरेलाई सरुवा र बढुवाको सम्भावना पनि प्रबल छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

कुम्भः

आज पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समयको अलवा केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुनेछ । प्राविधिक तथा वैदेशिक क्षेत्रबाट अपेक्षित लाभ लिन सकिएला । ब्यापार ब्यावसाय तथा शिक्षामा पनि उल्लेखनीय प्रगती हुनेछ ।

मीनः

मोजमस्ती र आनन्दका लागि समय निस्कनेछ । तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ । आफुले थालेका तथा आँटेका कार्यहरुमा सफलता प्राप्त हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।