कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी वृहत ट्रेड शो ‘कस्मेटिका एक्स्पाे-२०२५’ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी नेपालमा पहिलो तथा एकमात्र वृहत ट्रेड शो, कस्मेटिका २०२५ यही डिसेम्बर २६ देखि २८ सम्म (पुस ११, १२ र १३ गते) काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा हाउस अफ राजकर्निकारद्वारा सञ्चालन हुन लागेको छ ।

नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालको सहयोगमा संचालन हुने यस एक्स्पोमा वाव म्यागजिन मिडिया पार्टनर, वेवसर्फ़र आईएसपी पार्टनर र सागर आर्ट सर्भिस प्रिन्ट पार्टनरका रूपमा रहेका छन् ।

कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस क्षेत्रसँग सम्बन्धित ब्रान्ड, उत्पादक, वितरक,आयातकर्ता, आपूर्तिकर्ता तथा व्यासायीहरूलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ । बी टु बी र बी टु सी दुवै वर्गलाई लक्षित गरिएको यो एक्स्पोमार्फत् कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र शैली प्रदर्शन गरिनेछ ।

कस्मेटिका २०२५ मा सहभागी हुने प्रदर्शकहरूमा कस्मेटिक ब्रान्डहरू, सौन्दर्य उत्पादक, स्किनकेयर तथा हेयरकेयर कम्पनीहरू, पर्सनल केयर र वेलनेस ब्रान्डहरू, प्याकेजिङ कम्पनीहरू, कस्मेटिक टेक्नोलोजी निकायहरु, ब्यूटी स्कूलहरू, प्लास्टिक सर्जरी क्लिनिकहरू, हेयर केयर तथा हेयर इम्प्लान्ट क्लिनिकहरू, डेन्टल केयर तथा कस्मेटिक क्लिनिकहरू समावेश छन् ।

त्यसैगरी, आगन्तुकहरूमा उत्पादक, आयातकर्ता, वितरक, स्टकिस्ट, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन तथा कस्मेटिक डेन्टिस्टहरू रहनेछन् ।

कस्मेटिका २०२५ केवल उत्पादन र सेवाको प्रदर्शनी मात्र नभई सौन्दर्य र वेलनेसको उत्सवसमेत हो । कार्यक्रम अवधिभर विभिन्न विशेष गतिविधि र कार्यक्रमहरू सञ्चालन हुनेछन् । कस्मेटिक्स, सौन्दर्य र वेलनेस क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका महिलाहरूलाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क ट्रायल र स्याम्पल वितरण, विशेष सेल्फी कियोस्क, ब्रान्ड लन्च कार्यक्रम, लाइभ मेकअप तथा हेयर स्टाइलिङ डेमो, स्किनकेयर तथा हेयरकेयर सम्बन्धी कार्यशाला र सेमिनार, साथै विज्ञहरूसँग प्रत्यक्ष परामर्शको व्यवस्था रहनेछ ।

वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी, इसास ब्युटी लगायतका प्रस्तुति तथा सत्रहरू कस्मेटिका २०२५ का प्रमुख आकर्षण हुनेछन् ।

पछिल्लो एक दशकमा नेपालमा कस्मेटिक्स तथा वेलनेस उत्पादन र सेवाको बजार उल्लेखनीय रूपमा विस्तार भएको छ । सामाजिक मूल्य, जीवनशैली र ट्रेन्डमा आएको परिवर्तनका कारण कस्मेटिक्सप्रतिको माग तीव्र रूपमा बढेको हो ।

उपभोक्ताहरू अहिले आफ्नो व्यक्तिगत छवि, स्वास्थ्य र आत्मविश्वास बढाउने विभिन्न उत्पादन तथा सेवाबारे पहिलेभन्दा बढी सचेत छन् । यी सबै कारणले सौन्दर्य तथा पर्सनल केयर क्षेत्रमा खर्च बढ्दै गएको देखिन्छ । आजको समयमा मानिसहरू सामाजिक तथा डिजिटल प्लेटफर्ममा बढी सक्रिय भएकाले आफ्नो रूप–रंग र प्रस्तुतीकरणमा विशेष ध्यान दिन थालेका छन् ।

व्यक्तिगत हेरचाह तथा वेलनेस उत्पादनको माग बढ्नुको अर्को कारण उपभोक्ताको बढ्दो खर्च गर्न सक्ने क्षमता पनि हो। यस क्षेत्रका प्रमुख उपभोक्ता १६ देखि ३० वर्ष उमेर समूहका, शिक्षित, रोजगारीमा संलग्न र शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरू हुन् । कुल कस्मेटिक्स बिक्रीको करिब ६० प्रतिशत हिस्सा काठमाडौं उपत्यकामा केन्द्रित छ ।

बढ्दो संख्यामा महिलाहरू व्यावसायिक रूपमा सक्रिय, आर्थिक रूपमा सशक्त र खरिद निर्णयमा स्वतन्त्र बन्दै गएका छन् । बजार उपभोगको करिब ८० प्रतिशत हिस्सा महिलाहरूले ओगटेका छन् भने पुरुष उपभोक्ताको सहभागिता पनि क्रमशः बढ्दै गएको छ ।

हाल नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर बजारको कुल मूल्य करिब रु। २३.६ अर्ब पुगेको छ। सन् २०२५ सम्म नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर उत्पादनको आयात २०‍‍‍.४ अर्ब पुग्ने अनुमान गरिएको छ । यी उत्पादनहरू मुख्यतः भारत, चीन, थाइल्याण्ड, दक्षिण कोरिया, जापान, युरोपेली संघ तथा अमेरिकाबाट आयात हुने गरेका छन् । उद्योगका उत्पादक, आयातकर्ता तथा विज्ञहरूको अनुमान अनुसार यो बजार वार्षिक २० देखि २५ प्रतिशतको दरले वृद्धि भइरहेको छ ।

नेपालको कस्मेटिक्स बजार निरन्तर विस्तारोन्मुख अवस्थामा रहेको र निकट भविष्यमा यसको गति कम हुने संकेत नदेखिएकाले उत्पादक र वितरकहरूका लागि नेपालमा आफ्नो उपस्थिति मजबुत बनाउन कस्मेटिका २०२५, एक उत्कृष्ट अवसर हो। उत्पादन, सरोकारवालाहरु, ज्ञान आदान–प्रदान र नेटवर्किङसहित सौन्दर्य, पर्सनल केयर र वेलनेसको एक विशिष्ट उत्सवका रूपमा कस्मेटिका २०२५ प्रस्तुत हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।