काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले इनम सापकोटा प्रकरण प्रधानमन्त्री बालेन्द्र शाहका लागि अग्निपरीक्षा बनेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले जनताले व्यवस्था परिवर्तन र सुशासनको अपेक्षासहित बालेन्द्र शाहको पक्षमा मतदान गरेको उल्लेख गरेका छन्।
उनले शक्तिकेन्द्रलाई समेत प्रभाव पार्न सक्ने भनिएको बिचौलियाको सञ्जाल भत्काउन प्रधानमन्त्री शाह सफल हुन्छन् वा त्यससँग सम्झौता गर्छन् भन्ने विषयले उनको राजनीतिक प्रतिबद्धताको परीक्षण गर्ने बताएका छन्।
‘बिचौलिया इनम सापकोटा प्रकरण प्रम बालेन शाहका लागि अग्निपरीक्षा बनेको छ। जनताले व्यवस्था बदल्ने र सुशासन दिने विश्वासका साथ बालेन शाहको पक्षमा मतदान गरेका हुन्। शक्तिकेन्द्र नै हल्लाउने यो बिचौलिया जालो भत्काएर उनी यो परीक्षामा उत्तीर्ण होलान् कि सम्झौता गर्लान् ? त्यो हेर्न बाँकी नै छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
थापाको टिप्पणीले इनम सापकोटा प्रकरणलाई लिएर प्रधानमन्त्री शाहमाथि सुशासन र बिचौलियामाथिको नियन्त्रणसम्बन्धी अपेक्षाको विषय उठाएको छ।




Comment