काठमाडौँ । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत ‘मिरमिरे भो’ सार्वजनिक भएको छ। गीतमा प्रकाश सपुत र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत पनि प्रकाशकै हो।
युवा–युवतीबीचको आकर्षण र प्रेमभाव झल्किने गीतको भिडिओमा दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखुबीचको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु लगायतका कलाकारको अभिनय छ। यो चलचित्र माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ।

Comment