काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो।
मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लाभांश वितरण हुनेछ।

Comment