नेप्से सुधारका लागि ५ सदस्यीय कार्यदल गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेप्से सुधार अध्ययन कार्यदल गठन गरेको छ । मंगलबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले नेप्से सुधार कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार उक्त कार्यदललाई ५० दिनको समयावधि दिइएको छ ।

नेप्से सुधारका लागि मन्त्रिपरिषद् बैठकले नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

उक्त समितिमा नेप्से, नेपाल धितोपत्र बोर्ड र राष्ट्र बैंकका प्रतिनिधि सदस्य छन् । अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्यसचिव तोकिएको छ ।

लामो समयदेखि नेप्से पुनर्संरचना र नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्सको विषय चर्चामै रहेको अवस्थामा सरकारले नेप्से सुधार अध्ययन कार्यदल गठन गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।