निर्माता संघको अध्यक्षमा सुब्बा, महासचिवमा लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् । सुब्बा १५३ मत ल्याउँदै विजयी भएका हुन् ।

उनले अध्यक्षका अर्का उमेदवार सुनीलकुमार थापालाई पराजित गरेका हुन् । थापाले १२७ मत पाएका थिए ।

किरण नेपालीलाई पराजित गर्दै संघको महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन् । उनले १५२ मत पाए । नेपालीले १२५ मत प्राप्त गरेका थिए ।

सचिवमा युवराज गिरी १५९ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी किसान पोखरेलका पक्षमा ११२ मत खसेको थियो ।

अन्य केही पदाधिकारी र सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा सर्वसम्मत नेतृत्व चयन भएको छ । उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई तथा कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

नौ जनाको सदस्य पदका लागि सातजनाले मात्र आवेदन दिएकाले सबै सर्वसम्मत भएका छन् ।

सोमबार राजधानीमा भएको संघको १९औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।