ग्रीनेदी इनर्जी लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०८२ मंसिर १ गते सोमबार सम्पन्न भएको हो । सम्झौतामा ग्रीनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष युरेशमान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर हस्ताक्षर गरे ।

कम्पनीले आफनो जारी पूँजीको ३० प्रतिशत साधारण शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणमा निष्काशन गर्ने लागेको हो । कम्पनीले कास्की जिल्लामा अवस्थित ईदी खोलामा इदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी मिति २०८२÷०१÷०८ देखि व्यापारिक उत्पादन गरिरहेको आयोजना हो साथै उक्त आयोजनामा बैकिङ्ग, जलविद्युत, बिमा, पूँजी बजार क्षेत्रमा विशिष्टिता हासिल गरेका व्यक्तिहरुको समुहको संग्लता भएको र आयोजनाको हाईड्रोलोजी क्यु ६५ को संरचनामा निमार्ण भएको हो ।

ग्रीनेदी इनर्जी लिमिटेडले आगामी दिनमा अन्य जलविद्युत आयोजनाको साथसाथै सौर्य तथा हरित उर्जाको क्षेत्रमा लगानी गर्ने योजना रहेको जानकारी कम्पनीका अध्यक्ष युरेशमान कायस्थले व्यक्त गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।