आज मिति २०८२ साल कार्तिक २४ गते सोमबार, यस्तो छ तपाईको राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ कार्तिक २४ गते (१० नोभेम्बर २०२५) साेमवार, मार्ग कृष्णपक्ष पञ्चमी तिथि, ८ः०४ बजेपछि षष्ठी। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन।

मेषः

नजिकका मित्रसंग भेटघाट हुनेछ । जोश, जाँगर र हिम्मत बढेर जानेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । नोकरी तथा पेशा व्यवसायमा प्रशंसनीय कार्य गरिएला । आज कुनै लाभदायक समाचार सुन्न पाइएला ।

वृषः

शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । उद्योग र व्यापार व्यवसायबाट विशेष फाइदा प्राप्त होला । परोपकार र धार्मिक क्षेत्रमा गरिएको लगानीले प्रतिष्ठापूर्ण प्रतिफल दिलाउन सक्नेछ ।

मिथुनः

मानसम्मानमा वृद्धि हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ । शैक्षिक एवं आर्थिक क्षेत्रमा राम्रो पक्ष हुनेछ । आज हाँसखेल, भ्रमण र मनोरञ्जनले गर्दा समय वितेको पत्तै नपाइला ।

कर्कटः

खर्चमा वृद्धि हुनेछ । धनमाल हराउने अथवा चोरी हुने भय छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्नेछ । समस्या दर्साउँदा भने शुभचिन्तकहरूले साथ दिनेछन् ।

सिंहः

आज दैनिक कार्यमा प्रगति हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

कन्याः

अभिष्ट कार्य सिद्धि हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । आर्थिक कारोबारबाट राम्रै लाभ हुनेछ । आफ्नो मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्नेछ ।

तुलाः

भाग्यमा शुभग्रहले साथ दिएको छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो पक्ष हुनेछ । आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । रमाइलो पारिवारीक जमघटका बिच स्वादिष्ट भोजनमा रमाइला ।

बृश्चिकः

आज उत्साह र आत्मविश्वासमा कमी आउन नदिनुहोला । परिस्थितिले गर्दा चिताएका कार्य पूर्ण हुनमा बाधा हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय रहेको छ ।

धनुः

आज सुखद् समाचारले उत्साह जगाउनेछ । चिताएको कामले तिव्रता लिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । अनुहारमा कान्ती, मनमा शान्ती छाउनेछ ।

मकरः

सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यापार व्यावसाय फस्टाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । मिहिनेतले कला, ज्ञान र व्यक्तित्व निखार्ने समय पनि रहेको छ ।

कुम्भः

नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुरता छाउने योग छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने कार्यमा सम्झौता गर्ने समय रहेको छ ।

मीनः

गरेको काममा ढिलासुस्ती हुनेछ । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ । मेहनतीहरुका लागि दिन फलदायी नै रहनेछ । आज हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनु पर्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।