‘रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘रमिताको पिरती’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । माघको २३ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा सुदिप्ताको निर्देशन रहनेछ ।

चलचित्रमा आना शर्मा, धिरज मगर र विनय श्रेष्ठलाई मुख्य भूमिकामा देख्न सकिनेछ । यही चलचित्रबाट गायक समीर श्रेष्ठ अभिनयमा डेब्यु गर्नेछन् ।

महिलाप्रधान विषयमा बन्ने यो चलचित्रमा आना शर्मालाई ‘रमी’ पात्रको भूमिकामा देख्न सकिनेछ ।

आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको चलचित्रमा आरपी प्रोडक्सन एसोसियट निर्माताको रूपमा छ । चलचित्रका निर्माता सागर लम्साल हुन् ।

चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहनेछ । शिशिर विशांखेको डीओपी रहने चलचित्रमा सुनील सिवाकोटीको सम्पादन र कपिल पराजुलीको कलर रहनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।