असाेज २६ गते आइतवार कस्तो रहनेछ तपाईंको भाग्य ? राशिफलमा हेर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको राशिफल

काठमाडौं । २०८२ असाेज २६ गते आइतवार, १२ अक्टाेबर २०२५। कार्तिक कृष्णपक्ष षष्ठी तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ८ः३२ बजेपछि मिथुन।

मेष
शुभ समाचार सुन्न पाइनेछ। मनमा रहेका अनावश्यक कौतुहल मेटिनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

वृष
इच्छा र आकांक्षा पूर्ण हुनेछन्। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ।

मिथुन
आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ।

कर्कट
आफन्तको साथ र सहयोग मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ।

सिंह
दैनिक कार्यहरूमा प्रगति हुनेछ। आँटेको र ताकेको कार्य अघि बढ्नेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ।
कन्या
मान सम्मान मिल्ने छ । धर्म कर्ममा मन जाने छ । पढाईमा रुचि बढ्ने छ ।

तुला
मनमा चिन्ता डर बढ्ने छ । आर्थिक संकट हुने छ । स्वास्थ्यमा समस्या होला ।

वृश्चिक
पार्टनरबाट सुख मिल्ने छ । छोटो यात्रा हुने छ । रोकिएका काम पुरा हुने छन् । व्यापार क्षेत्रबाट विशेष फाइदा रहने छ ।

धनु
विभिन्न समस्याहरु आइलाग्ने छन् । दुख गरे अनुसारको फल मिल्दैन । मनमा भय रहने छ ।

मकर
आँटेको काम रोकिन सक्छ । सन्तानबाट सुख मिल्ने छ । पढाईमा विशेष रुचि रहने छ ।

कुम्भ
मानसिक शान्ति मिल्ने छ । आमा आफन्तबाट साथ सहयोग मिल्नेछ । आजको दिन सुखद् रहने छ ।

मीन
छोटो यात्रा होला । रोकिएको ठाउँबाट पैसा आउन सक्छ । पराक्रम बढ्ने छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।