काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्मा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका रामेश्वर खनालले कुनै पनि सरकारी सुविधा नलिने निर्णय गरेका छन्।
खनालले आफूले तलब, मन्त्री क्वार्टर, सरकारी गाडी र पिएसओ जस्ता कुनै पनि सुविधा उपभोग नगर्ने स्पष्ट पारेका छन्।
पूर्वअर्थसचिवसमेत रहेका खनालले यसअघि पनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका आर्थिक सल्लाहकारका रूपमा कुनै सुविधा नलिई जिम्मेवारी निर्वाह गरेका थिए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा ४४७ पृष्ठ लामो आर्थिक सुधार प्रतिवेदन बुझाउँदै मुलुकको दीर्घकालीन अर्थतन्त्र सुदृढीकरणका लागि ठोस सुझाव दिएका थिए।
खनालको यो निर्णयले नैतिक नेतृत्व र सरल जीवनशैलीप्रतिको प्रतिबद्धता झल्काउने टिप्पणी विश्लेषकहरूले गरेका छन्।
Comment