काठमाडौं । सागर डिष्टिलरी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरिसकेको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । जसमा १ लाख ४५ हजार २०० कित्ता सेयर श्रम स्वीकृत लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरिसहेको छ । यस्तै ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोष र ४३ हजार ५६० कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याएको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ११ करोड ९० लाख ६४ हजार रुपैयाँको ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीले भदौ २५ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो । आईपीओमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असोज ८ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
Comment