दशैंका लागि भदौ १५ देखि अग्रिम टिकट बुकिङ खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्व अरनिको यातायात प्रा.लि.लेआउँदो दशैँको चापलाई मध्यनजर गर्दै भदौ १५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।

कम्पनीका अनुसार, अग्रिम बुकिङ २०८२ असोज ४ गते साँझ ४ बजेसम्म खुला रहनेछ। सो अवधिमा प्राप्त हुने बुकिङका आधारमा गाडीको क्यू व्यवस्थापन गरी यात्रा सेवा सञ्चालन गरिने जनाएको छ।

दशैँमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने भएकाले यात्रालाई सहज बनाउने उद्देश्यले अग्रिम बुकिङको व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ।

यात्रुहरूलाई समयमै टिकट बुक गर्न आग्रह गर्दै, कम्पनीले सेवा प्रभावकारी र व्यवस्थित रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।