काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारमा नयाँ स्पष्टता ल्याउँदै ५ हजार अमेरिकी डलरसम्मको नगद नेपाल भित्र्याउँदा वा बाहिर लैजाँदा भन्सार घोषणा अनिवार्य नभएको जनाएको छ।
तर, ५ हजार डलरभन्दा बढी रकमको हकमा भन्सारमा घोषणा गरी प्रमाणित गर्नुपर्ने व्यवस्था छ।
राष्ट्र बैंकले भारतीय रुपैयाँसम्बन्धी पुराना सूचनाको स्मरण गराउँदै, ५०० र १००० दरका पुराना नोटको कारोबार निषेध गरिएको र २००, ५०० र २००० दरका नोट ल्याउन वा लैजान नपाइने नियम यथावत् रहेको जनाएको छ।
यस निर्देशनले विदेश यात्रा गर्ने यात्रुहरूलाई स्पष्ट जानकारी दिने र अवैध मुद्रा कारोबार नियन्त्रणमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
Comment