कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ मंसिर १० गतेदेखि खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आगामी मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गर्नेछ। उक्त सेयर काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ९० लाख रुपैयाँ बराबरको ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १३ गतेसम्म थपिनेछ।

यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा मंसिर २४ गतेसम्म आवेदन दिने म्याद थपिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्बा प्रणालीमार्फत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।