रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त पक्राउ परेका छन्।

आफूले आफैँलाई आगो लगाएको अवस्थामा हत्याकाण्डका प्रमुख अभियुक्त लक्ष्मण पासवान पक्राउ परेका हुन्।

रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ६ स्थित माधवपुरको बाटोमा आफूले आफैंलाई आगो लगाएको अवस्थामा पासवान पक्राउ परेका हुन्।

स्थानीय एक युवाले आफूले आफैँलाई आगो लगाएर घाइते भएको भन्दै प्रहरीमा खबर पुगेपछि तत्काल घटनास्थलमा प्रहरी पुग्दा उनी रुबि हत्याकाण्डका प्रमुख अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख नेत्रमणि गिरीले जानकारी दिए।

आफूले आफैँलाई आगो लगाएर गम्भीर घाइते अवस्थामा रहेका लक्ष्मण पासवानको रौतहटको गरुडास्थित बेटर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रौतहटको माधव नारायण नगरपालिका–२ की २६ वर्षीय रुबी कुमारी साहको गत शनिबार हत्या भएको थियो। उनको सब सुटकेसमा फेला परेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।