आजको पञ्चाङ्ग
काठमाडौं । २०८२ भदाै ६ गते शुक्रवार, २२ अगस्ट २०२५। भाद्र कृष्णपक्ष चतुर्दशी तिथि, ११ः४६ बजेपछि औंसी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।
आजको राशिफल
मेष : बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने समय छ । तथापि, शुभचिन्तकहरूको साथले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहला ।
बृष : टाढिएका आफन्तसँग पुनर्मिलन हुने दिन छ । नोकरीतर्फ हुनेहरूका लागि समय शुभदायक रहला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउनेछ ।
मीथुन : मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व बहनमा आजको समय बित्नेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका मिल्ने सम्भावना छ ।
कर्कट : नियमित काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ, विशेष सतर्क रहनुहोला । आर्थिक अभावले सताउन सक्छ । तपाईंका कमजोरीको अरुले फाइदा उठाउन सक्छन् ।
सिंह : आजको दिन समाजसेवा र परोपकारका कार्यमा मन जानेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । धैर्य राख्न नसक्दा हातमा आएका अवसर गुम्न सक्छन् ।
कन्या : विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ, सचेत रहनुहोला ।
तुला : सहयोगीको राम्रो साथ पाइनेछ । तर, महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ ।
बृश्चिक : अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहला । परिस्थितिलाई पछ्याउन नसक्दा अलिक पछि परिनेछ ।
धनु : मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । अरूको भरपर्दा काम बिग्रन सक्छ, सावधन रहनुहोला । लगानी वा खर्च वृद्धि हुनेछ । यात्रामा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला ।
मकर : दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तान पक्षबाट प्रसन्नता मिल्नेछ । यात्रा सुखद रहला । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आयबल बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।
कुम्भ : कृषिकर्म तथा पशु व्यवसायबाट राम्रो फाइदा हुने समय छ । स्थायी सम्पत्ति आर्जन होला । बाहिरी यात्रामा भने कष्ट हुने देखिन्छ । साझेदारीमा विवादको योग छ ।
मिन : निजी व्यवसाय तथा कृषिकर्ममा परिश्रमको तुलनामा न्यून उपलब्धि हासिल होला । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने समय छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ख्याल राख्नुहोला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Comment