नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ६.२९% मा गाडी कर्जा, वेसरेटमा ०.५० मै कर्जा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ग्राहकवर्गहरुका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकवर्गहरूले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्ने बैंकले जनाएको छ । हालको लागि गाडी कर्जाको ब्याजदर केबल ६.२९% (२०८२ भाद्र महिनाको आधारदर ५.७९ प्रतिशत मा ०.५ प्रतिशत थप गरि हुन आउने ६.२९ प्रतिशत) कायम गरिएको छ ।

आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पुरा गर्न चाहने ग्राहकवर्गहरुलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ ।

सिमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाहरुबाट लिन सकिनेछ ।

बैंैंकले हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम एवं ६० शाखारहित बैंकिङ्ग मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।