ग्लोबल रीच अष्ट्रेलियन एजुकेशन फेयर २०२५ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अष्ट्रेलियामा उच्च शिक्षा प्राप्त गर्ने सोच भएका नेपाली विद्यार्थीका लागि आगामी शुक्रबार काठमाडौंमा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ आयोजना हुने भएको छ ।

ग्लोबल एजुकेशन सर्भिसेज प्रा. लि. (ग्लोबल रीच)को आयोजना तथा ३० भन्दा बढी अष्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागितामा हुने यो मेला होटल याक एण्ड यतिमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चल्नेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले अष्ट्रेलिया नेपाली विद्यार्थीको पहिलो गन्तव्य बन्दै गएको परिप्रेक्ष्यमा एजुकेशन फेयर अभिभावक र विद्यार्थी दुबैलाई फलदायी हुने दाबी ग¥यो ।

आयोजक ग्लोबल रीचका हेड अफ अपरेसन्सु नारायण बजाजका अनुसार विद्यार्थीहरूले मेलामा ३ हजार भन्दा बढी शैक्षिक कार्यक्रमबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् । मेलामा शय प्रतिशतसम्मका छात्रवृत्ति अवसरबारे मार्गदर्शन, व्यक्तिगत करियर तथा शैक्षिक परामर्श सेवाको सुविधा पनि विद्यार्थीले पाउने उनले बताए । मेला निःशुल्क रहनेछ भने दर्ता गर्ने विद्यार्थीलाई IELTS शुल्कमा ५० प्रतिशत छुट र विभिन्न उपहारको व्यवस्था गरिएको छ ।

ग्लोबल रीचका नेपाल अपरेसन को–अर्डिनेटर रितु बजाज गोयन्काले संस्थाले विश्वका ५ भन्दा बढी विश्वविद्यालयको प्रतिनिधित्व गर्दै आएकाले पनि एजुकेशन फेयर अन्य शैक्षिक परामर्शदाताहरुले गर्ने शैक्षिक मेलाभन्दा फरक हुने बताइन् । ग्लोबल रीच हाल अष्ट्रेलिया, भारत, श्रीलङ्का, नेपाल, भुटान र बङ्गलादेशमा ४६ कार्यालयमार्फत सेवा दिइरहेको पनि उनले जनाइन् ।

आगामी शुक्रबार काठमाडौंमा फेयर गर्न लागेको ग्लोबल रीचले भदौ १ मा पोखरा, २ मा चितवन र ३ गते बुटवलमा पनि यस्तै प्रकारको शैक्षिक मेला आयोजना गर्ने सिनियर जोनल म्यानेजर प्रिया देवानले जानकारी दिइन् । विभिन्न जिल्लामा रहेका विद्यार्थीहरु माझ सेवा प्रदान गर्ने उदेश्यसहित भदौ ५ मा बिर्तामोड र ६ गते ललितपुरको कुमारीपाटमा पनि फेयर सञ्चालन हुनेछ ।
ग्लोबल एजुकेशन सर्भिसेस्ले विगत १७ वर्षदेखि शैक्षिक परामर्श सेवाका साथै करिअर परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।