ललितपुरका तीनै निर्वाचन क्षेत्रमा कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले तीनै क्षेत्रमा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ ।

मंगलबार गोदावरी नगरपालिका–१०, टाहाखेलमा ललितपुर निर्वाचन क्षेत्र नं. १ को नगर, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको १५औँ नियमित अधिवेशन सम्पन्न भएसँगै जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा अधिवेशन पूरा भएको हो ।

क्षेत्रीय अधिवेशनबाट निर्वाचन क्षेत्र नं. १ को सभापतिमा कृष्ण चन्द्र महर्जन, क्षेत्र नं. २ मा जयकृष्ण बोगटी र क्षेत्र नं. ३ मा सुन्दर कृष्ण महर्जन सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै, स्थानीय तहका सभापतिहरूमा ललितपुर महानगरपालिकाबाट शरद महर्जन, महालक्ष्मी नगरपालिकाबाट वेदप्रसाद तिमल्सिना, गोदावरी नगरपालिकाबाट दिपेन्द्र रमण डंगोल निर्वाचित भएका छन् ।

यसैगरी बागमती गाउँपालिकाको सभापतिमा दिल लामा, कोन्ज्योसोम गाउँपालिकाको सभापतिमा माधव घिमिरे र महाँकाल गाउँपालिकाको सभापतिमा पुरुषोत्तम तिमल्सिना निर्वाचित भएका छन् ।

तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएसँगै अब जिल्ला अधिवेशनको तयारी अघि बढाइएको जिल्ला संयोजक सुदर्शन घिमिरेले जानकारी दिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।