सामान्य अंकले बढ्यो नेप्से, ७ अर्बको सेयर किनबेच

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको कारोबारको बुधबार सेयर बजारमा सामान्य वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको हो ।

यस दिन बजारमा ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कुल २ करोड १२ लाख कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार कारोबार भएका कम्पनीमध्ये ९८ वटाको सेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ । त्यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १२० रुपैयाँ २० पैसा आम्दानी गरेका छन् । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ११.४८ अंकले बढेको छ । अन्य कम्पनीको सेयर मूल्य भने अधिकतम ८.६५ प्रतिशतसम्म बढेको छ ।

यता, केही कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । यस दिन कम्पनीहरूको सेयर मूल्य अधिकतम ६.३४ प्रतिशतसम्म घटेको छ ।

कारोबार रकमका आधारमा श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड शीर्ष स्थानमा रहेको छ । कम्पनीको ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, घोराही सिमेन्टको ५१ करोड रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड रुपैयाँ, एनआईसी एसिया बैंकको ३२ करोड रुपैयाँ र घलेम्दी हाइड्रोपावरको २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

समूहगत परिसूचकतर्फ जीवन बीमा, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहमा हरियाली देखिएको छ । बाँकी समूहका परिसूचक भने घटेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।