काठमाडौं । सागर डिष्टिलरीले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साउन २८ देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको थियो ।
सोमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ४५ लाख २० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४५ हजार २०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
साउन २८ गतेबाट खुल्ने आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि भदौ ११ गतेसम्म थप हुनेछ । आवेदन दिनेले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
Comment