पूर्वमन्त्री रुप ज्योतीका दुई कम्पनी ऋण नतिरेपछि लिलामीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंकले पूर्वअर्थ सहायक मन्त्री रुप ज्योतीसँग सम्बन्धित दुई कम्पनीलाई लिलामी प्रक्रिया अघि बढाएको छ।

बैंकले कान्तिपथ शाखाबाट लिएको ऋण समयमै नतिरेको र पटक–पटक ताकेता गर्दा पनि चुक्ता नगरेको भन्दै ३५ दिने लिलामी सूचना सार्वजनिक गरेको हो। लिलामीमा राखिएका कम्पनीहरूमा नेपाल जनरल मार्केटिङ (एनजीएम) र ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल परेका छन्। यी कम्पनीहरू रुप ज्योतीका स्वामित्वमा रहेका हुन्। एनजीएम नेपालमा हिरो मोटरसाइकलको आधिकारिक विक्रेता रहिसकेको भए पनि उक्त अधिकार ज्योती परिवारबाट फिर्ता लिइसकिएको छ। उता ग्राण्डी अस्पतालसम्बन्धी व्यवसायमा रुप ज्योती र उनका दाजु पद्म ज्योतीबीच विवाद रहेको छ।

बैंकले कर्जा तिर्न ३५ दिने अन्तिम समयसीमा तोकेर त्यस अवधिमा ऋण नतिरे सम्पत्ति जफत गर्ने चेतावनीसमेत दिएको छ। सो अवधिमा ऋण चुक्ता नगरेमा बैंकले धितो गरिएका सम्पत्ति कब्जामा लिने र कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। साथै, रुप ज्योती र उनीसँग सम्बन्धित पक्षहरूलाई कालोसूचीमा राखिने तयारीसमेत बैंकले गरेको छ।

एनजीएमको सेयरधनीमा रुप ज्योतीका छोरा अभिक ज्योती र छोरी सूरुची ज्योती रहेका छन् भने रुप ज्योती स्वयं कम्पनीमा जमानीदारको भूमिकामा छन्। यस्तै, ग्राण्डी अस्पतालमा एनजीएमसँगै जय स्पिनिङ मिल्स र स्याकार कम्पनी सेयरधनी रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।