आजबाट बुंगल हाइड्रोको आईपीओ बिक्री खुला, कसले पाउँछ भर्न ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आइतबार (असार २९)देखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र आयोजना प्रभावित स्थानीयबासिन्दाका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीयबासिन्दाका लागि ८ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको हो।

स्थानीयतर्फको सेयर वितरणमा ६५% अर्थात् ५ लाख ३९ हजार ५०० कित्ता बुंगल नगरपालिका–६ र ७ का अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ३५% अर्थात् २ लाख ९० हजार ५०० कित्ता बुंगल नगरपालिकाका अन्य वडाका बासिन्दाहरूका लागि खुला गरिएको छ।

स्थानीय बासिन्दाले साउन ११ गतेदेखि २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ११ गतेभित्र बैंकिङ समयसम्म आवेदन दिनुपर्नेछ।

प्रतिकित्ता १०० रुपैयाँ दरमा यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन गर्न सकिनेछ।

यस आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। आवेदनका लागि स्थानीयले विभिन्न बैंक शाखाहरूमार्फत आवेदन दिन सक्नेछन् भने विदेशमा रहेका नेपालीले सी-आस्बा प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।

बुंगल हाइड्रो लिमिटेडको यो आईपीओ परियोजना प्रभावित क्षेत्रका बासिन्दालाई आर्थिक सहभागिता दिलाउने तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।