काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सभा (सिनेट) बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान १० बजेका लागि सिनेट बैठक आह्वान गरेका हुन्।
सिनेट बैठकमा त्रिविको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिनुका साथै ९० हजार विद्यार्थीको ग्रेस लिस्ट अनुमोदन गर्ने कार्यसूची रहेको छ। त्रिविका उपकुलपति खड्ग केसीले बैठकका लागि पत्र प्राप्त भएको जानकारी दिएका छन्।
यसअघि गत २२ असारमा सिनेट बैठक बोलाइए पनि प्रधानमन्त्री ओली हुम्ला भ्रमणमा रहेकाले स्थगित गरिएको थियो। बैठकमा नयाँ उपकुलपति नियुक्तिको विषय पनि प्रमुख रूपमा समावेश छ।
पूर्व उपकुलपति केशरजंग बरालले चैत १५ गते राजीनामा दिएपछि रिक्त पदमा नियुक्तिका लागि त्रिविका सहकुलपति रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरिसकेको छ।
बिहीबारको सिनेट बैठकबाट त्रिविको नेतृत्व, शैक्षिक नीतिहरू, बजेट तथा शैक्षिक प्रशासनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।
Comment