साउनमा पशुपतिनाथमा महाशिवरात्रिकै जस्तो व्यवस्था, मिडिया सेन्टरको सुरुवात हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साउन महिनामा पशुपतिनाथ मन्दिरमा बढ्दो भक्तजनको चापलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिकै जस्तो व्यवस्था मिलाउने तयारी गरेको छ। कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीका अनुसार साउन महिनाको सोमबार र शनिबार विशेष व्यवस्थापन गरिनेछ।

जोशीले धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का पदाधिकारी एवं कार्य समिति सदस्यहरूसँगको अन्तरक्रियामा पशुपति क्षेत्रमा समाचार संकलनमा सहजता ल्याउन ‘मिडिया सेन्टर’को सुरुवात गरिने प्रतिबद्धता जनाएका छन्।

पशुपति क्षेत्रमा साउनको सोमबार, शनिबार, हरितालिका तीज, बाला चतुर्दशी, महाशिवरात्रि, विक्रम संवत्को नयाँ वर्ष लगायत विशेष अवसरमा लाखौँ भक्तजनको भीड लाग्ने गर्दछ। त्यस क्रममा समाचार संकलनमा पत्रकारहरूलाई समस्या हुने भएकाले सञ्चारमैत्री वातावरण बनाइने बताइएको छ।

नियमित व्यवस्थापनका लागि कोषका सञ्चालक परिषद्का सदस्यहरूलाई अनुगमनमा खटाउने तयारी पनि भइरहेको जोशीले जानकारी दिए।

उनका अनुसार कोषले सूचना प्रविधिको प्रभावकारी प्रयोग गर्दै नागरिक एपमार्फत सेवा दिने तयारी समेत गरेको छ। साथै, लामो समयदेखि बढुवा प्रक्रिया रोकिएकाले कर्मचारीहरूमा निराशा रहेको उल्लेख गर्दै आगामी केही महिनाभित्र विज्ञापन गरी पदपूर्ति प्रक्रिया अगाडि बढाइनेछ।

हाल कोषको कर्मचारी नियमावली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको छ भने, कोष ऐन संशोधनका लागि पनि आवश्यक पहल गरिने जोशीले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।